सिद्धार्थ बैंकको भिसा रेमिट्यान्स सेवा शुभारम्भ

0
Shares

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

यस नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिट्यान्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन ।

यसरी भिसा रेमिट्यान्स सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट ( लिंक गरिएको बैंक खातामा ) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्नेछन । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ।

बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजिबैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।