नेष्डो समृद्ध लघुवित्तको उम्दो प्रगति, सबै सूचकहरुमा आकर्षक वृद्धि

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको सबै सूचाङ्कहरुमा क्रमबद्ध प्रगति देखिएको छ । समीक्षा अवधिमा खराब कर्जा अनुपात घटाएको लघुवित्तको कष्ट अफ फन्ड अघिल्लो आवको तुलनामा ४.५४ प्रतिशतले वृद्धि हुँदा समेत नाफामा वृद्धि गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा ९.४२ प्रतिशत रहेको कष्ट अफ फन्ड चालु आवको पहिलो त्रैमासमा पुग्दा १३.९६ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात ७.३२ प्रतिशतबाट घटेर ४.४१ प्रतिशतमा सुधारिएको छ ।

चालु आवको पहिलो त्रैमासमा लघुवित्तले ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा खुद नाफा ११.३० प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.५३, सञ्चालन नाफा ११.३० प्रतिशत, चुक्ता पुँजी ४८.१५ प्रतिशत, जगेडा कोष ३१.१० प्रतिशत, निक्षेप संकलन १०.९१ प्रतिशत र कर्जा लगानी १९.१६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी २५ करोड ५० लाख, जगेडा कोषमा ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ सञ्चित छ । यसअ अवधिमा कम्पनीले २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन तथा ४० करोड ८३ लाख रुपैयाँ गरी ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पहिलो त्रैमासको अन्त्यसम्ममा नेष्डोको वार्षिक प्रतिसेयर आम्दानी ८८.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३४७.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूलय १९९१.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.६२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।