‘ट्रेडर्स’ हाबी हुँदा नेप्सेमा तेस्रो दिन पनि गिरावट कायमै, नेप्से घट्ने क्रम थप गहिरियो

0
Shares

सेयर बजारमा बढ्नेमा लगानीकर्ता आश्वस्त हुन नसकेपछि बुधबारको बजारमा ट्रेर्डर्स हाबी हुँदा नेप्से लगातार तेस्रोदिन घटेको छ ।

यसअघि दुई कारोबार दिन सामान्य घटेकोमा बुधबार बजार उच्च अंकले घटेको छ । सोमबार ६.४३ अंक र मंगलबार २.५७ अंकले घटेको बजार बुधबार ३९.१५ अंकले घटेको हो । यसअघि आइतबार नेप्से ४३ अंकले बढेको थियो ।

बुधबार नेप्से २ प्रतिशत अर्थात ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा झरेको छ ।

बजार भारी अंकले ऋणात्मक भएसँगै सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ३५ करोडल बढेको छ । मंगलबार १ अर्ब ५ करोडको सेयर कारोबार भएकोमा बुधबार १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । यसदिन २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर खरिद २४ हजार ३८८ वटा संख्यामा खरिद बिक्री भएको हो ।

बुधबार कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड अग्र स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको लघुवित्तको ६ करोड ७८ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टस् ६ करोड ८ लाख, हिमायन डिष्टिलरी ५ करोड १० लाख र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावर, नबिल बैंक, नेपाल लाइफ, हिमाल दोलखा हाइड्रोपावर, गोर्खाज फाइनान्स र जाल्पा सामुदायिक लघुवित्त शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

बुधबारको बजारबाट अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ७.४२ प्रतिशतले बढेर ३९१ रूपैयाँ पुगेको छ । यस्तै नबिल ब्यालेन्स फन्डको इकाई ४.३९ प्रतिशत, एनसीसी बैंक डिबेञ्चर २०८६ को मूल्य ३.३९ प्रतिशतले घटेको छ ।

आजको बजारमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयरमूल्य ७.९५ प्रतिशतले घटेर ३०१ रूपैयाँमा झरेको छ । नोक्सानीमा पुगेको वित्तीय विवरण निकालेको गुराँस लघुवित्तको सेयरमूल्य ७.६० प्रतिशत, नाफा घटेको उपकारको ७.१७ प्रतिशत, प्रागेशिभ फाइनान्सको ७.०२, सप्तकोशी डेभलपमेन्ट बैंकको ७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बेष्ट फाइनान्स, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, मल्टिपपर्स फाइनान्स र घलेम्दी हाइड्रोपावरको लगानीकर्ताले पनि ६ प्रतिशत बढीले गुमाएका छन् ।

बुधबार कारोबारमा आएका कूल १३ उपसमूहगत सूचकमध्ये सबै ऋणात्मक बनेका छन् । फाइनान्स सर्वाधिक ४.७३ प्रतिशतले घटेको बजारमा विकास बैंक ३.१८ प्रतिशत, होटल २.०६, जलविद्युत २.६०, उत्पादन तथा प्रशोधनमुलक २.६७, अन्य २.३५, लघुवित्त २.६९, जीवन बीमा २.१८ र लगानी सूचक २.७९ प्रतिशतका दरले घटेको छ । सबैभन्दा कम घटेको म्युचुअल फन्ड ०.३१ प्रतिशतले घट्यो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।