आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ले करिब ५० प्रतिशतले खुद नाफा घटको वित्तीय विवरण सार्वजनिक गरेको छ । आम्दानीको स्रोत घटेर सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएपछि लघुवित्तको नाफा घटेको हो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ४७.८३ प्रतिशतले नाफा घटेको हो ।
समीक्षा अवधिमा आईपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत वृद्धि भई २ करोड ७ लाख पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि १२.३७ रुपैयाँ घटेर ६.७४ रुपैयाँमा झरेको छ ।
असोज मसान्तसम्म कम्पनीले १४ करोड ९० लाख निक्षेप र ११ करोड ५२ लाख रुपैयाँ सापटी लिएर २८ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको निक्षेप साढे २१ र कर्जा लगानी साढे १२ प्रतिशतले बढेको हो ।
असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ७८.५० प्रतिशत बढेर १ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४७ गुणा र प्रतिसेयर नेटवर्थ १६१.६७ रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तले ४७ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी र ५ लाख ५४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । खुद ब्याज आम्दानी ०.६५ र सञ्चालन मुनाफा ४७.३४ घटेको हो ।
कम्पनीले गत असार सुरुमा सर्वसाधारणमा आईपीओ बिक्री गरेर १३ गतेको थियो । कम्पनीको धितोपत्र साउन २ गते नेप्सेमा सूचीकृत भएपछि कारोबार हुँदै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया