युनिक नेपाल लघुवित्त पुग्यो घाटामा, खराब कर्जा सीमाभन्दा धेरै

0
Shares

युनिक नेपाल लघुवित्त चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।

गत आवको यसै अवधिमा ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद ब्याज र सञ्चालन आम्दानी घटेसँगै नोक्सानीमा पुगेको हो ।

असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४२ करोड ८१ लाख निक्षेप संकलन तथा ८७ करोड १ लाख रुपैयाँ सापटी परिचालन गरेर ३ अर्ब ९९ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तीय संस्थाको खुद ब्याज आम्दानी १६.६९ प्रतिशत घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँम संकुचित भएको छ भने सञ्चालन नाफा ११ लाख २ हजार रुपैयाँबाट २ करोड २७ लाख ४८ हजार रुपैयाँ ऋणात्मक बनेको छ । समीक्षा अवधिमा खराब कर्जा नोक्सानी वापत कम्पनीले ६ करोड ७४ लाख १९ हजार रुपैयाँ व्यवस्थापन गरेको छ ।

चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार रहेको लघुवित्त नोक्सानीमा पुगेसँगै युनिक नेपालको प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ ऋणात्मक छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३६०.०९ रुपैयाँ छ ।  लघुवित्तको जगेडा कोषमा २६ करोड ४५ लाख ९५ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिको तुलनामा जगेडा कोष २० प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा लघुवित्तको कष्ट अफ फण्ड ८.४९ प्रतिशत, खराब कर्जा अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै रहेको छ । कुुल कर्जा लगानीको ५ प्रतिशतभन्दा कम खराब कर्जा अनुपात रहनुपर्नेमा लघुवित्तको ५.७० प्रतिशत रहेको छ ।

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर प्रक्रिया सम्पन्न भई २०७८ पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको थियो । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।