आरएमडीसी लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ५४.१६ प्रतिशले बढेको छ । लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि हुँदा लघुवित्तको नाफामा बढोत्तरी भएको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ६ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको वितरण योग्य मुनाफा ५ करोड ३२ लाख रुपैयाँ छ । यस अवधिमा आरएमडीसीको जगेडा कोष २ अर्ब ६ करोड ६७ लाखबाट ५.२७ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशत र सञ्चालन नाफा ५४.१६ प्रतिशतले सुधार भएको छ । असोज मसान्तसम्ममा कम्पनीले १७ करोड ५० लाख ४९ हजार तथा सञ्चालन नाफा १५ करोड ५५ लाख १८ हजार रुपैयाँ छ ।
चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको आरएमडीसीको प्रतिसेयर आम्दानी असोज मसान्तसम्ममा १२.३३ रुपैयाँले बढेर ३५.०९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २७५.३० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०१३ रुपैयाँ रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २३.७७ गुणा, कष्ट अफ फण्ड १०.८८ प्रतिशत, खराब कर्जा अनुपात ०.०७ प्रतिशत छ ।
आरएमडिसी लघुवित्त साना किसान लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया