
सानिमा बैंक लिमिटेडले काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको कार्तिक २५ गते सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि बैंकले शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए ।
त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राजपाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेको नायब प्रमुख निक्षेप अधिकृत हेमराज सज्यालले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया