पिपुल्स हाइड्रोपावरको आईपीओ ४ लाख ८४ हजार ६८९ जनाले भरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार बिहान साढे १० बजेसम्ममा ५९ करोड ७१ लाख ५४ हजार रुपैयाँ बराबरको ५९ लाख ७१ हजार ५४० कित्ता सेयरको माग परेको हो । जुन सर्वसाधारणबाट माग गरिउको सेयर संख्याको १.१६ गुणा बढी हो ।
पहलिो दिन शुक्रबार दिउँसो १ः४१ बजेसम्म १ लाख २९ हजार ९४३ जना आवेदकबाट १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको १५ लाख ६६ हजार ६९० कित्ता माग भएको थियो ।
कम्पनीले ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण सेयर निष्कान गरेको हो । जसमध्ये सर्वसाधारणले ५१ लाख ५७ हजार ८८० कित्ताको लागि आवेदन दिन सक्नेछन् । जारी सेयरको ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता म्युचुअल फन्डका लागि सुरक्षित गरिएको छ ।
लगानीकर्ताले कात्तिक २९ गतेसम्ममा आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवाका लागि स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट सि–आस्वा तथा मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको जनाउँछ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर निष्काशन पछि ३ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त सेयरको प्रत्याभुतिकर्तामा नागरिक लगानी कोषले गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया