निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८३.८८ प्रतिशतले घटेको छ । खराब कर्जा बढेर इम्पेरिमेन्ट चार्ज बढ्दा लघुवित्तको नाफामा उच्च गिरावट आएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३ करोड २५ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा २० करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि ४१.७२ रुपैयाँ घटेको छ । असोजसम्म कम्पनीको इपिएस ५.९३ रुपैयाँ छ । असोज मसान्तसम्ममा लघुवित्तको २.२९ प्रतिशत घटेर जगेडा कोष २ अर्ब ५७ करोड ९ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको खराब कर्जा ३.५९ बाट बढेर ७.१४ प्रतिशत पुगेको छ । खारब कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत छुट्टाउनुपर्ने रकम बढेर २६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७ करोड ४२ लाख रुपैयाँ थियो । जसका कारण सञ्चालन मुनाफा उल्लेख्य घट्न पुगेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १८ अर्ब ४८ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन तथा सापटी गरी २६ अर्ब ८८ करोठड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप तथा सापटी १.६४ प्रतिशत बढेको छ भने कर्जा २ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६.९६ प्रतिशत, फि, कमिशन आय २४.२३ प्रतिशत र सञ्चालन मुनाफा ८३.८८ प्रतिशतले घटेको छ । असोसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४८ करोड ७६ हजार रुपैयाँ, फि, कमिशन आय ९ करोड ३२ लाख ४४ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४ करोड ६५ लाख रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ, आधारदर ८.६१ प्रतिशत, मूल्य आम्दानी अनुपात १५३.६४ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया