मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४९.३९ प्रतिशत घटेको छ ।
कम्पनीले असोज मसान्तसम्म २ करोड ८२ लाख खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । खराब कर्जा अनुपात बढेपछि कम्पनीको नाफा प्रभावित बनेको हो ।
पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३८ लाख छ ।
गत आवको पहिलो त्रैमाससम्म २ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३.४७ प्रतिशत पुगेको छ । गत वर्ष ७ लाखभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज बढेर २७ लाखभन्दा बढी पुगेको छ ।
असोजसम्म कम्पनीले ५ अर्ब ५३ करोडभन्दा बढी कर्जा सापटी तथा २ अर्ब ७७ करोड बढी निक्षेप संकलन गरेर चालु आवको तीन महीनामा कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
आवको यसै अवधिमा १२ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ३.६० प्रतिशत बढेर १२ करोड ६१ लाख रुपैयाँमा पुगेको छ । तर सञ्चालन मुनाफा ४९.३९ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा ७ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड ३ लाख रुपैयाँमा सीमित बनेको छ । कर्मचारी खर्च र खराब कर्जा बढ्दा इम्पेरिमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घटेको हो ।
चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजार रहेको कम्पनीको रिटेन्ड अर्निङमा २२ करोड २७ लाख तथा जगेडा कोष रकम ३० करोड ३१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.०१ रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको पीई रेसियो ४४.१७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८२४ रुपैयाँ, कष्ट अफ फन्ड ११.०८ प्रतिशत र आधारदर १५.१८ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया