शिवम् सिमेन्ट्स लिमिटेडले गत आवको प्रथम त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१.९४ प्रतिशतले खुद नाफा बढाएको छ ।
साढे ३० प्रतिशतले सञ्चालन आम्दानी घटेको कम्पनीले अन्य आम्दानीमा उच्च वृद्धि गरेपछि खुद नाफा बढेको छ । होङ्गसी सिमेन्टबाट आएको लाभांशका कारण अन्य आम्दानी वृद्धि हुँदा कम्पनीको खुद नाफा बढेको हो । यस्तै कम्पनीको खर्च घट्दा नाफा वृद्धिमा टेवा पुगेको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले असोज मसान्तसम्ममा २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको २० करोड ८२ लाख ४५ हजार थियो ।
चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेको कम्पनीको नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि ६.०५ रुपैयाँ बढेको छ । कम्पनीको वार्षिक इपिएस २४.९८ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २१६.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.६८ गुणा छ । कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ सञ्चित छ ।
वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख ३१ हजार रुपैयाँमा संकुचित बनेको छ । कम्पनीको अन्य आम्दानी ३२४८.४३ प्रतिशत बढेर ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९३ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया