विश्व अर्थतन्त्र थप अनिश्चितता र संकट उन्मुख: आईएमएफ

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्र संकट उन्मुख रहेको जनाएको छ ।

मुद्रास्फीति नियन्त्रणका लागि औसत ब्याजदरमा भएको वृद्धि, चीनको आर्थिक गतिविधिमा आएको कमीले विश्व आर्थिक दरमा कमी आएको छ । यस अघि अक्टोबर महिनामा विश्व आर्थिक वृद्धि दर २.९ प्रतिशत रहने जनाएको आइएमएफले उक्त वृद्धि दर घटेर २.७ प्रतिशत हुने अनुमान गरेको छ ।

रुस–युक्रेनमा युद्ध जारी रहँदा सिर्जित आपूर्ति श्रृङ्खला अवरोध, खाद्यान्न असुरक्षा लगायतका कारणहरुले विश्व अर्थतन्त्रलाई थप अनिश्चितता र संकट तर्फ धकेलेको आइएमएफले स्पष्ट पारेको छ ।

जी २० देशहरुले आयोजना गरेको कार्यक्रममा आइएमएफले युरोप क्षेत्रको आर्थिक सूचकहरु कमजोर रहेको र त्यसले अर्थतन्त्र थप अन्यौलता उन्मुख रहेको जनाएको छ । यसैगरी आइएमएफले जी२० देशहरुको सेयर बजार एक्समानसरी टेरीटोरीबाट कन्ट्रयाकसन टेरिटोरी तर्फ अग्रसर भएको प्रस्टाएको छ ।

अहिले विश्व अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको र कमजोर वित्तीय सूचकहरुले थप संकट अंकित गरेको आइएमएफले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।