कुमारी बैंकको ३० लाख कित्ता डिबेञ्चर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले वर्षिक ११ प्रतिशत ब्याजदर दिनेगरी १० वर्ष अवधि भएको केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र बिक्रीमा ल्याएको थियो । सोही ऋणपत्र सोमबार नेप्सेमा सूचीकृत गराएको हो ।
सोमबार सूचीकृत भएसँगै उक्त डिबेञ्चर मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । बैंकको ऋणपत्र कारोबारका लागि स्टक सिम्बोल ‘केबिएलडी ८९’ दिएको छ ।
बैंकले सो ऋणपत्र गत भदौ १७ देखि भदौ ३१ गतेसम्म निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकले ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्तामा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणका लागि बिक्री गरेको थियो ।
रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया