पिपुल्स हाइड्रोपावरको आईपीओमा सोमबार साँझ ४ बजेसम्म ९ लाख १९ हजार १०४ जनाले आवेदन दिएका छन् ।
सिडिएस क्लियरिङ्गका अनुसार सोमबारसम्म १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६३ हजार १० कित्ता सेयरको माग भएको हो । उक्त संख्या सर्वसाधारणबाट माग गरिएको सेयरसंख्याको २.१३ गुणा धेरै हो ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको थियो । जसमध्ये २ लाख ८० हजार ३२० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएर बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता सेयर समेत थपेर बिक्रीमा ल्याएको हो । आईपीओ आवेदन दिने अन्तिम दिन कात्तिक २९ गते मंगलबार रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ मेरो सेयर मोबाइल एप तथा वेबसाइट मार्फत भर्न सकिन्छ । यसका अलवा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया