श्रृजनशील लघुवित्त वित्तीय संस्था को खुद नाफा घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै कम्पनीको नाफामा असर पुगेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा लघुवित्तले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा १ करोड ६१ लाख नाफा कमाएकोमा ३२ प्रतिशतले नाफा घटेको हो ।
चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३९.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.५९ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा २१ करोड ९९ लाख ६२ हजार रुपैयाँ सञ्चित छ ।
असोजसम्म कम्पनीले १ अर्ब १९ करोड ५७ लाख सापटी तथा ८६ करोड ४८ लाख निक्षेप संकलन गरेर २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी दुबै घटेको छ ।
वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँ तथा र सञ्चालन नाफा ७४ प्रतिशत घटेर ६४ लाख ५७ हजार रुपैयाँमा संकुचित बनेको छ ।
चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्तको अन्य सञ्चालन खर्च गत आवको पहिलो त्रैमासको तुलनामा ५७ प्रतिशत वृद्धि भएर ६१ लख ७१ हजार रुपैयाँ पुगेको छ । यसले कम्पनीको सञ्चालन नाफामा गिरावट ल्याएको हो ।
लघुवित्तको खराब कर्जा अनुपात २.१० प्रतिशत, कष्ट अफ फन्ड ९.६५ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया