इष्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

0
Shares

इष्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।  हाइड्रोपावर सञ्चालक समितिको बैठकले एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै अब इष्टर्न हाइड्रोपावरको धितोपत्र सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायत सेयर सम्बन्धी सम्पुर्ण कार्यहरू एनएमबि क्यापिटल लिमिटेड नागपोखरी नक्सालबाट हुनेछ ।

गत असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको कम्पनीको सेयर नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । उक्त सेयर कार्तिक १७ गते बाँडफाँड भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।