सान्जेन जलविद्युत कम्पनीको सेयर बाँडफाँड, आयोजना प्रभावितले कति कित्ता पाए ?


सान्जेन जलविद्युत कम्पनीले रसुवाका आयोजना प्रभावितहरुका लागि निष्काशन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ ।

कम्पनीले ४ किसिमका प्रभावितहरुको वर्गीकरण गरी गत भदौ ५ गतेदेखि ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त निष्काशनमा २८ हजार ६०८ जनाले ५६ लाख ७९ हजार ८७० कित्ता सेयर माग गरेका थिए ।

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल र एनएमबि क्यािपटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सेयर निष्काशन भएको थियो ।

सेयर बाँडफाँडको नतिजा अनुसार अति प्रभावित वर्गको आमाछोदीङ्गमो गाउँपालिका वडा नं. ५ (साविकको चिलिमे गा.वि.स) का २ हजार १६५ आवेदकमध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १ हजार ३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९ लाख ४९ हजार २८० कित्ता सेयर बाँडफाँड भएको छ ।

प्रभावित वर्गको आमाछोदीङ्गमो गाउँपालिका वडा नं. ४ गोल्जुङ्ग (साविकको गोल्जुङ्ग गा.वि.स) का १ हजार २६६ आवेदकमध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३ लाख ७४ हजार ९२६ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

सामान्य प्रभावित वर्गका आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविकको गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स)का ३ हजार ५८८ आवेदकमध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २ हजार ४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ आवेदकहरुले १८० कित्ताका दरले ४ लाख ६ हजार ९५५ कित्ता सेयर पाएका छन् ।

न्युन प्रभावित वर्गमा रसुवाका सबै बासिन्दाहरुबाट २१ हजार ३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११ हजार ४८९ आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५ हजार ६६६ आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २ हजार २०७ आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १ हजार २३६ आवेदकहरुलाई १२० कित्ताका दरले १९ लाख १८ हजार ७०८ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

उल्लेखित वितरण प्रणालीमा धेरै भएको १३१ कित्ता सेयर अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ आवेदकहरुलाई गोला प्रथाबाट थप एक एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।