सिभिल क्यापिटल मार्केट्स लिमिटेडले मर्जरका लागि बाटो खुला गर्ने भएको छ ।
माउ कम्पनी सिभिल बैंक हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेकाले क्यापिटलले पनि सिभिल क्यापिटल मार्केट लिमिटेड र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न र गाभिन र मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो ।
सो कार्यकाल लागि क्यापिटलले आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित कानून अनुसार क्यापिटलको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साधारण सभामा राखेको छ ।
माउ कम्पनीहरु मर्जर भए त्यसका सहायक कम्पनीहरु पनि एक आपसमा गाभ्ने गाभिनुपर्ने हुँदा सोका लागि कम्पनीले साधारण सभाबाट अनुमति लिने भएको हो । विभिन्न ६ वटा प्रस्तावहरु राखेर क्यापिटलले मङ्सिर २९ गते बिहिबार सिटिसी मल सुन्धारामा सभा आह्वान गरेको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम सो समेत मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा छलफल भई पारित हुनेछ ।
सभामा अध्यक्षको प्रतिवेदन सहित सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्तावहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया