नेशनल हाइड्रो पावर कम्पनीले विद्यमान सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
कम्पनीले कार्तिक २२ गते दश बराबर पाँच कित्ता अनुपातमा प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ८२ करोड २१ लख ४५ हजार ९७१ रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१ कित्ता सेयर जारी गर्न अनुमति माग गरेको हो ।
यसअघि कम्पनीको भदौ १० गते सम्पन्न विशेष साधारणसभाबाट चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीले अघिल्लो आर्थिक वर्षको बोनस वितरण तथा सुनकोसी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि कायम हुने एकीकृत चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन गर्न कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
नेशनलले सुनकोशी हाइड्रोपावरलाई प्रतिसेयर २५ रुपैयाँका दरले प्राप्ति गरेको थियो । सो कम्पनी प्राप्ती र अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९.५० प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैंयाँ कायम भएको छ । कम्पनीले उक्त पुँजीको ५० प्रतिशतले हुने ५७ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ भने भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया