प्रभु क्यापिटलले खुलामुखी म्युचुअल फन्ड ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ सञ्चालनमा ल्याउने

0
Shares

प्रभु क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ सञ्चालनमा ल्याउने भएको छ ।

क्यापिटलले दश रुपैयाँ अंकित दरमा ४० करोड मूल्यको ४ करोड इकाई बिक्रीमा ल्याउने भएको हो । उक्त फन्डको इकाई बिक्री गर्न योजना व्यवस्थापक प्रभु क्यापिटलले कार्तिक ३० गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा आउने उक्त फन्डको प्रबद्र्धक प्रभु बैंक तथा योजना व्यवस्थक प्रभु क्यापिटल लिमिटेड रहनेछ ।

हाल बजारमा पाँच खुलामुखी सहित कुल ३४ वटा सामुहिक लगानी कोष योजना सञ्चालनमा रहेका छन् । प्रभु क्यापिटलले हाल सात वर्ष अवधिको प्रभु सेलेक्ट फन्ड नामक बन्दमुखी योजना सञ्चालन गरिरहेको छ । फन्डको आकार एक अर्ब २५ करोड बराबरको रहेको छ ।

क्यापिटलको दोस्रो योजनाको रुपमा खुलामुखी योजना अघि सारेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।