पन्ध्र म्युचुअल फन्डले वितरण गरे प्रतिफल, कुनको कति ?

0
Shares

सञ्चालनमा रहेका ३४ सामुहिक लगानी कोष योजनामध्ये गत आव २०७८।७९ को सञ्चित नाफाबाट दुई खुलामुखी सहित १५ म्युचुअल फन्डले इकाईधनीलाई प्रतिफल (नगद लाभांश) वितरण गरेका छन् ।

तथ्याङ्क अनुसार सानिमा इक्वीटी फन्डले सबैभन्दा धेरै २२ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने एनएमबि–५० तथा एनएमबि हाइब्रिड फन्ड एल–१ ले इकाईधनीलाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् ।

एनआईबिएल प्रगति फन्डले सबैभन्दा कम प्रतिफल वितरण गरेको छ । सो फन्डले ४.२० प्रतिशत मात्र प्रतिफल वितरण गरेको हो ।

हाल २९ बन्दमुखी र ५ खुलामुखी म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । पन्ध्र फन्डले प्रतिफल वितरण गरेकोमा १९ फन्डले हालसम्म प्रतिफल वितरण गरेका छैनन् । जसमध्ये धेरै फन्डले इकाईधनीलाई प्रतिफल वितरण गर्नेछैनन् । कतिपय भर्खरै सञ्चालनमा आएकाले प्रतिफल वितरण गर्नसक्ने अवस्थामा छैनन् भने कतिपय फन्डको लगानी सेयरबजारमा आएको गिरावटले घाटामा पुगेका छन् ।

योजना व्यवस्थापकले अनुभवी व्यक्तिहरुद्धारा प्राविधिक विश्लेषण सहित लगानी गरिने हुँदा म्युचुअल फन्डहरुले आकर्षक प्रतिफल वितरण गर्ने गर्दछन् भन्ने मान्यता विपरित नेपालका म्युचुअल फन्ड व्यवस्थापकहरुको व्यवस्थापन भने कमजोर नै देखिएको छ ।

लाभांश वितरण गरेका म्युचुअल फन्डको प्रतिफल पनि अघिल्लो आवको तुलनामा गत आवमा उच्च रुपमा घटेको छ । सेयर बजार घट्दा लगानीमा रहेको सेयर बिक्री गरेर नाफा सुरक्षित गर्नुपर्ने भएपनि सो अनुसारको कार्य गर्न फन्ड व्यवस्थापक चुक्दा इकाईधनीले निकै कम मात्र प्रतिफल पाएका छन् ।

यी हुन् लाभांश वितरण गर्ने म्युचुअल फन्डः–

S.N. Sector-Mutual Fund Stock Symbol Bonus Cash Total
1 Sanima Equity Fund SAEF 0.00 22.00 22.00
2 NMB 50 NMB50 0.00 21.05 21.05
3 NMB Hybrid Fund L-1 NMBHF1 0.00 21.05 21.05
4 NIC Asia Growth Fund NICGF 0.00 13.00 13.00
5 NIC Asia Balanced Fund NICBF 0.00 13.00 13.00
6 Sunrise First Mutual Fund SFMF 0.00 12.00 12.00
7 Siddhartha Investment Growth Scheme-2 SIGS2 0.00 10.00 10.00
8 Siddhartha Equity Fund SEF 0.00 9.00 9.00
9 NIBL Sahabhagita Fund NIBLSF  0.00 7.20 7.20
10 Nabil Balanced Fund -2 NBF2 0.00 7.00 7.00
11 Nic Asia Dynamic Debt Fund NADDF 0.00 6.00 6.00
12 Laxmi Equity Fund LEMF 0.00 5.00 5.00
13 Laxmi Unnati Kosh LUK 0.00 5.00 5.00
14 Nabil Equity Fund NEF 0.00 5.00 5.00
15 NIBL Pragati Fund NIBLPF 0.00 4.20 4.20

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।