सामुदायिक लघुवित्तको नाफा ६३ प्रतिशत बढ्यो

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ६३.३२ प्रतिशतले धेरै हो।

गत आवमा लघुवित्तले ४० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफामा सुधार देखिएको हो। यस अवधिमा लघुवित्तले सञ्चालन नाफा समेत ६३.३२ प्रतिशतले बढाएको छ।

चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर १० करोड रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोषमा ११९.०९ प्रतिशतले सुधार गर्दै ८ करोड ३१ लाख रुपैयाँ सञ्चित गरेको छ।

यस अवधिमा लघुवित्तले ३७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन र ५३ करोड ८६ लाख रुपैयाँ सापटीबाट ९६ करोड ७१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। जसबाट लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.२३ बाट बढेर १.८४ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात २६.०१ गुणा छ।