सेयर बजारमा बुधबार कारोबारमा आएका २२२ कम्पनीमध्ये १४५ कम्पनीको सेयरमूल्य घटेपछि सेयर बजार ऋणात्मक बनेको छ । नेप्सेका अनुसार आज ६६ कम्पनीको सेयरमूल्य बढ्यो भने ११ कम्पनीको स्थीर रहेको छ ।
बुधबार बजार सूचक नेप्से ०.४० प्रतिशत अर्थात ७.७२ अंकले घटेर १९२१.९९ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.९० बिन्दुमा झरेको छ । निर्वाचनको सकारात्मक असर पर्न नसक्दा चुनावपछको दोस्रो कारोबार दिन बुधबार पनि बजार घटेको हो ।
नेप्से परिसूचकसँगै बुधबार सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २२२ वटा कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर १७ हजार ८७६ वटा संख्यामा खरिदबिक्री हुँदा कारोबार रकम १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रूपैयाँमा समेटिएको छ । मंगलबार अर्ब ३५ करोड २८ लाख रुपैयाँको कारोबार भएकोमा ३३ करोडले कारोबार घटेको हो ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशाोधनमुलक र व्यापार बाहेक सबै ११ वटै घटेका छन् । अन्य उपसमुहगत सूचक ०.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुधबार पनि नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार पनि १२ करोड बढीको सेयर कारोबार भएको थियो । त्यसैगरी हिमालयन डिष्टिलरीको ११.१० करोड, सिभिल बैंक ६.८२ करोड, शिवम् सिमेन्टस् ६.०६ प्रतिशत र नेशनल लाइफको ३.४५ करोडको सेयर कारोबार भएको छ ।

आजको बजारमा सभिल बैंक लिमिटेड र घलेम्दी हाइड्रोपावर कम्पनी गरी २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशत र हाइड्रोपावरको ९.९८ प्रतिशतले सेयरमूल्य बढेको छ । यस्तै जानकी फाइनान्स ५.६०, पिपुल्स पावर ५.० र धौलागिरी लघुवित्तको सेयरमूल्य ३.९९ प्रतिशतले सेयरमूल्य बढेको छ ।
यसदिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ४.७८ प्रतिशतले घटेको छ । बैंकको सेयरमूल्य २१ रुपैयाँ घटेर ४१८ रूपैयाँमा झरेको छ । यस्तै नबिल ब्यालेन्स्ड फन्ड–३ को इकाईमूल्य ४.७४, बुद्दभुमी नेपाल हाइड्रोपावरको ३.७०, मन्दाकीनी हाइड्रोपावरको ३.४८ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया