एनआईबिएल एस क्यापिटलको लालदरवार शाखा स्थानान्तरण

0
Shares

एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण भएको छ ।

आइतबारदेखि नै लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु पुतलिसडक शाखाबाट संचालनमा आएको कम्पनीले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीले मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्ये नजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा शाखाहरु खोली सेवा विस्तार गर्दै जाने बताएकोछ ।

यस कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको पुतलिसडक, काठमाडौं; लगनखेल, ललितपुर; चिप्लेढुङ्गा, पोखरा; विरगंज; विराटनगर; र बुटवल शाखाबाट विभिन्न सेवाहरु उपलव्ध गराईरहेकोमा यस शाखाबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु सहित सम्पूर्ण सेवाहरु प्रदान गरिने हुनाले ग्राहकहरुलाई थप सहज हुने विश्वास लिएको छ ।