नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब ८ करोड नाघ्यो

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ नाघेको छ । आइतबार सम्पन्न कम्पनीको ३१ औं बार्षिक साधारणले अघिल्लो आर्थिक बर्षको लाभांश पारित गरेपछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब नाघेको हो ।

कम्पनीले आर्थिक बर्ष ०७४/७५ को नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित छ । लाभांश पारित भएसँगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको साधारण सभाले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर संरचना कायम गर्न प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीमा ३५ प्रतिशत संस्थापक र ६५ प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ । साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायत

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गतेदेखि बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीले पारित लाभांश पाउनेछन् ।