बैंकहरूमा पछिल्लो साता कर्जाको दोब्बर निक्षेप थपियो


वाणिज्य बैंकहरूमा मंसिर महिना सुरु भएपछि निक्षेप थपिन थालेको छ । संघ तथा प्रदेशको चुनाव सकिएसँगै निक्षेप पनि बढ्न थालेको हो । 
गत मंसिर ४ गतेका लागि बाहिरिएको पैसा बैंकिङ प्रणालीमा फर्कन थालेपछि बैंकहरूको निक्षेपमा सुधार आउन थालेको छ ।

मंसिर २ गते देखि ९ गतेसम्ममा वाणिज्य बैंकहरूमा मात्र ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरूले २ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरको छन् । 
चालु आर्थिक वर्षको सुरुवाती देखि तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या बैंकहरुले झेल्नु परेको छ । त्यसका साथै ब्याजदर ,समेत बढेपछि कर्जाको मागमा समेत कमी आएपछि बैंकहरल लगानी विस्तार गर्न सकेका थिएन । त्यसको असर अझैसम्म पनि कायम छ ।

मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ छ भने कर्जा ४२ खर्ब २२ अर्ब पुगेको छ । बैंकहरूको निक्षेपमा आएको सुधारले कर्जा निक्षेप अनुपता ८६।८६ प्रतिशतमा कायम रहेको छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।