नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले वित्तीय स्थायीत्व कायम गर्न अझै कठिन देखिएको बताएको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत स्प्रेडदर ०. ४ प्रतिशत घटाईएको भएपनि यसले ब्यादजर वृद्धि रोक्न मात्रै मद्धत गर्ने तर विद्यमान कायम रहेको उच्च ब्याजदरलाई घटाउने सम्भावना न्यून रहेको जनाएको छ ।
ब्याजदर नघट्दा ऋणीहरुलाई लाभ नहुने भन्दै चेम्बरले हाल कायम रहेको ८.५ बैंकदरलाई ५ प्रतिशतमा कायम गर्न माग गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधारदरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने चेम्बरको भनाई छ ।
विदेशी विनिमय सञ्चितिमा सुधार आएसँगै हाल कायम रहेको केही वस्तुहरुको आयातमा प्रतितपत्र एलसी खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थालाई हटाई सहजिकरण गरिनुपर्ने चेम्बरको धारणा छ । उसले विगत वर्ष झै सीसीडी रेसियो ८५ प्रतिशत वा हाल कायम रहेको ९० प्रतिशतलाई बढाएर ९५ प्रतिशत कायम गनुपर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले कार्तिक १ गतेदेखि चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको कार्यन्वयन गर्दै आएकोमा सोलाई हाल स्थगित गरि सरोकारवाला निकायहरुसँग पर्याप्त छलफल गरि पुर्नलेखन गरिनुपर्ने माग गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया