सुनचाँदीको मंगलबार कति तोकियो भाउ ?

0
Shares

सुनको भाउ अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सामान्य घट्दा चाँदीको भने स्थीर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंसिर १३ गते सुनको भाउ तोलामा १०० रुपैयाँले घट्दा चाँदीको यथावत रहेको हो ।

महासंघले मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ४०० रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो सोमबार छापावाला सुन तोलाको ९७ हजार ५०० रुपैयाँ, तेजाबी सुन ९७ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७५४ डलर तथा चाँदी प्रतिऔंस २१.३३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।