सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको चुक्ता पुँजीको ४.२० प्रतिशतले हुन आउने कुल ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएको सो बोनस साधारण सभाका लागि गरिएको बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन् ।
सूचीकृत सो बोनस सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । विसं २०७९ असार २० गते सम्पन्न भएको कम्पनीको चौथो वार्षिक साधारण सभाका लागि असार ८ गते बुकक्लोज गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया