अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

0
Shares

अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।
यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।