प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत,एक अर्ब एक करोड बाँड्दै

0
Shares

प्रभु बैंक लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

बैंकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई एक अर्ब १ करोड ६६ लाख ९६ हजार ३३३ रुपैयाँ लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १ गते बिहीबार सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत ( ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ ३८ पैसा) बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद (१९ करोड ६ लाख ३० हजार ५६२ रुपैयाँ) लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

हाल १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रस्तावित बोनस सेयर वितरणपछि १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९४६ रुपैयाँ पुग्नेछ । प्रभु बैंकले १ः१ अनुपातमा सेञ्चुरी बैंकलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।