एलन मक्सको निउरालिंक कम्पनीले निर्माण गरेको ब्रेन चीपको मानव परीक्षण ६ महिना भित्रमा हुने मक्सले बताएका छन् ।
उक्त ब्रेनचीपले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्डुल गर्न र कुराकानी गर्न सहज बनाउने र दृष्टिविहीनहरुको आखाँको ज्योति पुर्नस्थापना गर्ने निउरालिंकले जनाएको छ । मानवमा परीक्षण गर्नुअघि निउरालिंकले ब्रेन चीप विभिन्न जनावरहरुमा परीक्षण गर्दै आएको छ ।
ब्रेन चीपको पहिलो दुई परीक्षण दृष्टिविहिन र शारीरिक अपाङ्गता भएका व्यक्तिमा हुने मक्सले जनाएका छन् । चीपले जन्मजात दुृष्टविहीन भएका मानिसहरुको समेत आखाँको ज्योति फर्काउन सक्ने विश्वास मक्सले गरेका छन् ।
अमेरिकी खाद्यान्न तथा औषधी विभागबाट स्वीकृति पाएपछि मानिसहरुमा परीक्षण कार्य सुरु हुने छ । यस अघि अक्टोबर ३१मा चीपको मानव परीक्षण गर्ने बताएका मक्सले चीपको परीक्षण अवधि पछि सारेका छन् । चीपलाई मानिसमा परीक्षण गर्नुअघि आफूहरुले एकदमै सावधानी पूर्वक काम गरिरहेको र आगामी ६ महिनाभित्रमा मानिसमा परीक्षण गर्ने मक्सले जनाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया