सुनको मूल्यवृद्धिमा शुक्रबार पनि निरन्तरता, प्रतितोला १ हजारले बढ्यो

0
Shares

सुनको मूल्य वृद्धिले नेपाली बजारमा शुक्रबार पनि निरन्तरता पाएको छ । यसअघि बुधबार र बिहीबार भाउ बढेकोमा शुक्रबार थप महङ्गो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको भो प्रतितोला ९९ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १०० रुपैयाँले घटेको सुनको भाउ बुधबार २०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ । चाँदी बिहीबार तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९७ डलर तथा चाँदी प्रतिऔंस २२.५८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।