अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
अरुण भ्यालीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार को ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृती पश्च्यात २५औं बार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया