नेप्से साढे २७ अंकले बढ्दा यी हुन् यो साता कमाउने र गुमाउने कम्पनी

0
Shares

नेप्से यो साता १.४२ प्रतिशत अर्थात २७.५१ अंक बढेको छ । आइतबार १९३३.५५ बिन्दुमा कारोबार खुला भएको नेप्से यस साता बढेर १९६१.०६ बिन्दुमा पुगेको हो ।

बजार सूचक बढेसँगै यो साता सेयरमूय बढ्ने कम्पनीहरुको संख्या पनि बढेको छ । ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

धौलागिरी लघुवित्तको सेयरमूल्य यो साता सर्वाधिक २६.२८ प्रतिशतले बढेको छ । यस्तै श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको २०.१४ प्रतिशत, खप्तड लघुवित्तको १७.०३ प्रतिशत, डिप्रोक्स लघुवित्तको १३.१० प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.९२ प्रतिशत, नबिल बैंक ९.८७ प्रतिशत, जीवन विकास लघुवित्त ९.६८ प्रतिशत, गरिमा विकास बैंक डिबेञ्चर २०८५ को ८.५९ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर ८.४६ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ७.९१ प्रतिशतले बढेको छ ।

यस साता कारोबारमा आएकामध्ये एभरेष्ट बैंकको सेयरमूल्य १२.८१ प्रतिशतले घटेको छ । यस्तै वीन नेपाल लघुवित्तको सेयरमूल्य ८.४७ प्रतिशत, एसबिआई डिबेञ्चर २०८३ को ७.२३ प्रतिशत, घलेम्दी हाइड्रोपावर ५.४८ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयरमूल्य ५.४१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ५.२८ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।