मारुती सुजुकीले यो वर्ष कारहरुको लक्षीत उत्पादन गर्न सकेन

0
Shares

भारतीय अटोमेकर कम्पनी मारुती सुजुकीले सन् २०२२ मा एसयुभी कारहरुको उत्पादन वृद्धि गरेर २० लाख पु¥याउने लक्ष्य लिएको थियो । तर कम्पनीका वरिष्ठ कार्यकारी अध्यक्ष सशङ्क श्रीवास्तवले २० लाख कारहरुको उत्पादन नहुने बताएका छन् ।

सन् २०२२ मा सेमीकन्डक्टर अभावको समस्या समाधान हुँदै गएको जनाउँदै मारुती सुजुकीका अध्यक्ष आरसी भारगाभाले २० लाख कारहरुको उत्पादन गर्ने बताएका थिए । मारुती सुजुकीको नयाँ एसयुभी मोडल कार–ग्य्रान्ड भित्राको माग बढेका कारण उत्पादन पनि बढ्ने र २० लाख कार उत्पादन गर्ने कम्पनीको लक्ष्य पूरा हुने बताएका थिए ।

तर प्रेस ट्रस्ट इन्डियासँगको कुराकानीमा सशङ्क श्रीवास्तवले कम्पनीको २० लाख कार उत्पादन गर्ने लक्ष्यमा कमी आउने बताएका छन् । अहिले सम्ममा मारुती सुजुकीको पेन्डिङ बूकिङ ३ लाख ७५ हजार रहेको र आगामी समयमा पेन्डिङ बूकिङलाई कम्पनीले कसरी सम्बोधन गर्छ भन्ने विषयले कम्पनीले लिएको लक्ष्य पूरा हुने वा नहुने जानकारी दिएका हुन् ।

सेप्टेम्बर महिनामा मारुती सुजुकीले ग्य्रान्ड भित्रा एसयुभी लन्च गरेको थियो । लन्च गरेको समय यता ८७ हजार ९५३ जनाले कारको बूकिङ गरेका छन् । हाल ग्य्रान्ड भित्राका पेन्डिङ अर्डर ५५ हजार ५०५ रहेको छ ।

मारुती सुजुकीले अप्रिल देखि नोभेम्बर महिना सम्ममा कुल १३ लाख ११ हजार ८९० कारहरुको बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० लाख १० हजार ६७४ कार बिक्री गरेको थियो । कम्पनीले एसयुभी ग्य्रान्ड भित्राको उत्पादन बढाएर २० लाख कार उत्पादनको लक्ष्य पूरा गर्ने बताएता पनि लक्षीत उत्पादन गर्न सकेको छैन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।