सानिमा बैंकको बोनस समायोजनपछि कति तोकियो भाउ ?

0
Shares

सानिमा बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर वितरणका लागि सोमबार बुकक्लोज तोकेसँगै नेप्सेले आइतबारको अन्तिम मूल्यलाई आधार मानेर बैंकको बोनस समायोजन गरी सेयरमूल्य तोकेको हो ।

नेप्सेले दश प्रतिशत बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २४७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । आइतबार सेयर बजार बन्द हुँदा अन्तिम पटक सानिमा बैंकको प्रतिसेयर २७१ रुपैयाँ ९० पैसामा खरिद बिक्री भएको थियो ।

आइतबार समायोजन भएको सेयरमूल्यका आधारमा सोमबार नेप्सेमा बैंककोसेयर कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७९, सोमबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।