नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८०८ डलर तथा चाँदी प्रतिऔंस २३.२७ डलरमा कारोबार भइरहेको छ ।
नेपालमा खपत हुने सबै सुन पुर्ण रुपमा आयातमा निर्भर रहेको छ । विवाहको सिजनका कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो । गत बुधबारदेखि यता सुन तोलामा २ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १०० रुपैयाँले महङ्गिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया