नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको २ अर्ब १ करोड बराबरको लाभांश पाउन मंसिर २० गते मंगलबारसम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।
बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर २१ गते बुधबारदेखि पुस ७ गतेसम्म बुकक्लोज मिति तोकेको छ । लाभांश र साधारण सभा प्रतिनिधित्व जनाउन बुकक्लोजको अघिल्लो दिनसम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको र ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर सहित) सहित कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ४ बोनस सेयर र ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँ छ । जसअनुसार ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । जसमध्ये बैंकले ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
लाभांश पारित सहितका अन्य एजेण्डाहरु अनुमोदन गर्न बैंकले पुस ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे ३६ औं वार्षिक साधारण सभा डाकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया