सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने

0
Shares

सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी-चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ।

यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट-चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन्। सेगवेको यो सुरुवातले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउनेछ। सेगवे ई-स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डरविना लामो दूरीको यात्रा मज्जाले गर्न सक्नेछ।

यो सुविधा फाइदामूलक हुनुका साथै प्रभावकारी हुनेछ किनकी यसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछ र चार्जरहरू फीट गर्न पनि सजिलो हुनेछ। सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा।लि।ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताएको छ।

विद्युतीय सवारीसाधनहरू भविष्य हुन् , त्यसैले सेगवे-नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ-ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालैे बजारमा ल्याएको छ। नेपालमा सेगवे ईभी स्कुटरको क्रेज बढ्दै छन, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फिचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ।

यसरी ईभी सवारीसाधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ। चार्जिङ स्टेसनको स्थापनासँगैे ग्राहकहरुको सेगवे प्रति विश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ। नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धन र बिक्री गर्ने धेरै कम्पनी छन्।

आई हव प्रा. लिमिटेड नेपालमा विद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनी हो। बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमा चार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन्।

सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमा चार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्य अभिवृद्धि सेवाहरू प्राप्त गर्नेछन्। सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो।

उपत्यकामा चार्जिङ स्टेसनहरू सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्त हुनेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।