मनकामना दरौँदी हाइड्रोपावरले ११ लाख ८८ हजार कित्ता सेयर बिक्री गर्ने

0
Shares

मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले ११ लाख ८८ हजार ३० कित्ता सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले गोरखा जिल्लामा अबस्थित दरौंदी नदी जलविद्युत आयोजनाको चुक्ता पुँजी वृद्धि गर्न जगेडा सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीको मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जगेडा रहेको जारी पुँजीको १०० रुपैयाँ दरको ११ लाख ८८ हजार ३० कित्ता सेयर तत्काल कायम रहेका सेयरधनीलाई बिक्री गर्ने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार कम्पनीमा हाल कायम ९ हजार १७२ जना सेयरधनीहरुवाट हाल कायम रहेको सेयर समेत समावेश गर्दा १० लाख नबढ्ने गरी बिक्री गर्ने निर्णय गरिएको छ ।

विद्यमान सेयरधनीहरुले आज (प्रथम पटक यो सूचना प्रकाशित भएको मिति) को ३५ दिन भित्र यस कम्पनीको नाममा रहेको एभरेष्ट बैंकको खाता नम्बर ०४४००१०५२००७१४ तथा सानिमा बैंकको खाता नम्बर ९१००१००२००००००२ मा जम्मा गरेको बैंक भौचर कम्पनीको कार्यालय, वागवजार, काठमाडौंमा उपलब्ध गराउनुपर्नेछ ।

मनकामना दरौदी हाइड्रोपावरले गोरखामा ९.८४ मेगावाट क्षमताको दरौंदी नदी जलविद्युत आयोजना निर्माण गर्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।