बाराही हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै पर्‍यो २ लाख वटा आवेदन

0
Shares

बाराही हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पहिलाे दिनमा मंसिर २१ गते नै २ लाख वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ४ बजेसम्ममा १ लाख ९२ हजार ७४८ वटा आवेदन माफर्त २२ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको २२ लाख ३३ हजार ८० कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारबाट माग गरिएको सेयर संख्याको ४.३३ गुणा बढी हो ।

कम्पनीले मंसिर २१ गते देखि ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । जसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।

लगानीकर्ताले आईपीओमा मंसिर २६ गते सोमबारसम्म आवेदन दिन सक्छन् । सेयर सेयरको मोबाइल एप‚ मेरो सेयर वेवसाइटका साथै धितोपत्र बोर्डबाट सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट लगानीकर्ताले भर्न सक्छन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार  १९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।