प्रभु र सेन्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

0
Shares

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका छन् । मंसिर २१ गते बुधबार बसेको दुबै बैंकको सञ्चालक समितिको बैंठकले मर्जरमा जान अन्तिम सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्त िएक्वजिसिन समतिकिा संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सयिल बैंकका संयुक्त एक्वजिसिन समतिकि सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले सेञ्चुरी कमर्सयिल बैंकलाई प्राप्ती (एक्वजिसिन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त भैसकेको छ ।

 

गत साउन १५ गते दुवै बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका थिए । सो सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

प्रभुले विभिन्न समयमा समस्याग्रस्त संस्थाहरुलाई समेत सुधारेर सफल मर्जर सम्पन्न गरिसकको छ ।

दुई बैंक १ः१ अनुपातमा मर्जरको क्रममा रहेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ । सम्झौता अनुसार बैंकको सीइओमा अशोक शेरचन तथा बैंकको सिनियर डेपुटी सीइओमा सेन्चुरी बैंकका मनोज न्यौपाने रहनेछन् । मर्जरपछि बैंकको अध्यक्ष प्रभु बैंकको तर्फबाट रहने व्यवस्था गरिएको छ भने दुईजना सञ्चालकले सेन्चुरीका तर्फबाट बैंकमा प्रतिनिधित्व गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।