ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले आज छुट्टाछुट्टा स्थानमा बोलाएको साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्ती र सम्बन्धीत बैंक सञ्चालक समितिले गत आवको सञ्चित मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गराउँदैछन् ।
दुबै बैंकले शुक्रबार मंसिर २३ गते साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारामा तथा बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान १० बजे सभा बोलाएका छन् ।
सभाले १ः१ अनुपातमा भएको मर्जर सम्झौता अनुमोदन गर्ने तथा मर्जरका सम्बन्धमा भएगरेका सम्पुर्ण काम कारवार्हीहरुलाई मान्याता प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र करसहित १०.६० प्रतिशत नगद तथा बिओकेले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गराउनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया