लक्ष्मी बैंकले सार्वजनिक गर्यो प्रगतिउन्मुख वित्तीय विवरण, अधिकांस सूचकमा सुधार

0
Shares

लक्ष्मी बैंकले चालु आर्थिक बर्षको पहिालो त्रैमासमा ४० करोड १९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा गत आर्थिक वर्षमा ३२.६५ प्रतिशतले बढोत्तरी भएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३० करोड ३० लाख खुद नाफा कमाएको थियो । तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख छ ।

बैंकले २.३४ प्रतिशतले निक्षेप संकलन तथा कर्जा परिचालन ४.८० प्रतिशतले बढाएको छ । असोज मसान्तसम्म बैंकले ८२ अर्ब २० करोड रुपैंया निक्षेप संकलन गरेर ७८ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस बाट बैंकले ८६ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत धेरै हो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैंया छ भने प्रतिशेयर आम्दानी ३२.६५ प्रतिशतले बढेर १८ रुपैयाँ ०२ पैसा कायम भएको छ । त्यसै गरी विभिन्न कोषमा गरी जगेडाकोषमा चार अर्ब ९ करोड राखेको बैंकको प्रतिशेयर नेटवर्थ १४५.९४ पैसा छ । ११.९३ गूणा मूल्य आम्दानी अनुपात रहेको बैंकको निष्कृय कर्जा घटेर १.०४ प्रतिशतमा झरेको छ ।

बैंकको आधार ब्याजदर १०.२४ प्रतिशत तथा कोषको लागत ७.१९ प्रतिशत छ । आधार ब्याजदर र कोषको लागत समिक्षा अवधिको भन्दा कम हो । जसको पूँजी प्रयाप्तता ११.९० प्रतिशत छ ।

केन्द्रिय बैंकको नयाँ निर्देशन अनुसार बैंकले पूँजी बढाउनुपर्ने बाध्यता देखिएको छ । लक्ष्मी बैंकले गत असोज २३ गतेदेखि प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कुल २ अर्ब बराबरको २० लाख युनिट ‘१०५ लक्ष्मी बैंक डिबेन्चर–२०८६’ निष्काशन गरेको थियो ।