वैदेशिक रोजगार विभागले विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुल गर्दै आएको एक कन्सल्टेन्सी छापामा पारेको छ ।
रोजगारीमा पठाईने भन्दै ठूलो रकम असुली गरेको उजुरी परेपछि विभागले गत शुक्रबार डिल्लीबजार स्थित सूर्य कर्पोरेशनमा छापा पारेको हो ।
छापामा मार्ने क्रमामा कन्सल्टेन्सीले मौसमी भिसा लगायतका भिसामा जापान, बेलायत, क्यानडा, अमेरिका लगायतका मुलुक पठाइदिने भन्दै ८० भन्दा बढी व्यक्तिको पासपोर्ट जम्मा पारेको विभागको प्रहरीले फेला पारेको छ ।
विभागले पासपोर्ट र कन्सल्टेन्सीमा कार्यरत ६ जना कर्मचारीलाई अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ । कन्सल्टेन्सीले तीन बर्ष देखि जापान पठाइदिने भन्दै सात जनाबाट रकम असुल गरी पासपोर्ट जफत गरिदिएको थियो ।
वैदेशिक रोजगार ऐन बमोजिम वैदेशिक रोजगार विभागबाट अनुमति लिएका कम्पनीले मात्रै वैदेशिक रोजगारीमा पठाउने पाउने प्रावधान छ । यसको लागि कामदारले विभागबाट श्रम स्वीकृति समेत लिनुपर्नेछ । तर, विभागको इजाजत बिना वैदेशिक रोजगारीमा पठाइएमा जरिवाना सहित सात बर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । त्यस्तै, सम्बन्धित व्यक्तिबाट असुल गरेको रकमको दोब्बर भुक्तानी समेत गर्नुपर्ने व्यवस्था छ ।
पछिल्लो समयमा शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) ले समेत वैदेशिक रोजगारीमा पठाउन थालेका छन् । ऐन विपरित कन्सल्टेन्सीले समेत कामदार पठाउने थालेपछि विभागले अनुगमनलाई कडाई गर्न थालेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया