यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.९७ अङ्कले घटेर १ हजार ८८५ दशमलव ३१ अङ्कमा कायम भएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १.६७ प्रतिशत घटेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स पनि ६.२८ अंक घटेर ३६७.३६ बिन्दुमा झरेको छ । आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर २४ हजार ६४४ पटक खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख ४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ९८.४० अङ्कले र उत्पादन सूचक ८२ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ ३०.८० अङ्क‚ विकास बैंक ४७.९१ अङ्क‚ वित्त समूह २०.९९ अङ्क र होटल तथा पर्यटन २७.६१ अङ्कले घटेको छ । त्यस्तै जलविद्युत् उपसमूहगत सूचक २६.६१ अंक‚ लगानी ०.६९ अंक‚ जीवन बीमा ७८.४४ अंक‚ लघुवित्त ५५.३४ अंक‚ म्युचुअल फन्ड ०.१३ अंक र अन्य २१.०८ अङ्कले घटेको छ ।
आजको कारोबारमा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ९.५० अङ्कले बढेको छ । त्यस्तै ग्लोबल आइएमईको ब्यालेन्स फण्ड १ को ७.८६ प्रतिशत, धैलागिरी लघुवित्तको ६.०८ प्रतिशत, आदर्श लघुवित्तको ६.०६ प्रतिशत, खप्तड लघुवित्तको ४.०२ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १को इकाईमूल्य २.६४ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य २.४४ प्रतिशत र मानुषी लघुवित्तको सेयर लगानीकर्ताले २.३४ प्रतिशतका दरले नाफा कमाएका छन् ।

त्यस्तै आइतबार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर ७ सय एक रूपैयाँ ४० पैसामा झरेको छ । त्यसैगरी पाँचथर पावरको ६.९७, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ५.७४, शिव श्री हाइड्रोपावरको ५.६२ र सानिमा लाईफको ५.१२ प्रतिशतले सेयर मूल्य घटेको छ । यस्तै श्वेतगंगा हाइड्रोपावरको ४.६१ प्रतिशत, लक्ष्मी बैंक ४.५० प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावर ४.१४ प्रतिशत, शिवम् सिमेन्ट ४.०८ प्रतिशत र मेगा बैंकको ४.०७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९३ लाख ६७ हजार ९२६ बराबरको २ लाख ३ हजार ६२० कित्ता सेयर खरिद बिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंकको साढे ७ करोड ७५ लाखको सेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोड ५ लाखभन्दा बढीको सेयर खरिद बिक्री भएको छ । त्यस्तै एनआइसी एशिया बैंकको ३ करोड ९२ लाख र रिडी हाइड्रोपावरको ३ करोड २० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया