कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारीमा रहेका ३९ सय जनाले भरे

0
Shares

कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा ३ हजार ९ सय जना बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २५ गते आइतबार साँझ ४ बजेसम्ममा ३ हजार ९२९ जना आवेदकबाट मार्फत कुल ७ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको ७ लाख ९९ हजार ३५० कित्ता सेयर माग भएको छ । आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदकले औसतमा २०३ कित्ताभन्दा बढी माग भएको देखिन्छ ।

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गते बुधबारसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आवेदन खुला गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।