गुडविल फाइनान्सको नाफा साढे १६ प्रतिशतले बढ्यो, जगेडाकोष झनै मजबुत

0
Shares

गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६.४८ प्रतिशतले खुद नाफा बढाएको छ ।

फाइनान्सले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यही अवधिमा कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएकोे थियो ।

गत असोज मसान्तसम्म ७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट संस्थाले ७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ।

संस्थाको संचालन नाफा तथा खुद ब्याज आम्दानी सुधार छ । ८० करोड रुपैयाँ चुक्ता पूँजी भएको संस्थाको जगेडाकोषमा ३२ करोड ९० लाख रुपैयाँ छ । कम्पनीको जगेडाकोष १९३ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६.०९ रुपैया, प्रतिशेयर नेटवर्थ १५८.२५ रुपैयाँ रहेको छ । पीई रेसियो भने २१.६६ रहेको छ ।