अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा कम्पनीले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंगो लगाउनेछ ।
साथै संस्थापक सेयरधनीहरूबाट ४ जना र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट २ जना समेत गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । यस्तै सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन प्रस्ताव पनि सभामा छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्जोज) गरेको छ । बुकक्लोजको आधारमा पुस ३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले २०७९ असार २४ गतेदेखि असार २९ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १ लाख ३९ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया